हाइलाइट

सिएमसी कैलालीको शाखा बिस्तार

सिएमसी कैलालीको शाखा बिस्तार :: Sahakari Akhabar

कैलाली । जिल्लाका विभिन्न सहकारी संस्थामा कार्यरत व्यवस्थापकहरुको संगठन कोअपरेटिभ म्यानेजर्स क्लब (सिएमसी) कैलाली शाखा बिस्तार शुरु भएको छ । क्लवले कैलालीका स्थानिय पालिकाहरुमा संगठन विस्तार गर्ने क्रममा कैलारी गाउँपालिकामा शाखा विस्तार गरेको छ ।

जनवातावरण बहुउद्देश्यीय सहकारीका व्यवस्थापक सम्पतकुमार चौधरीको अध्यक्षता तथा सिएमसी कैलालीका महासचिव रुद्र खनालको उपस्थितिमा सात सदस्यीय सिएमसी कैलारी शाखा गठन गरिएको हो । समितीको उपाध्यक्षमा पारदर्शि महिला सहकारी संस्थाका व्यवस्थापक कौशी कुमारी बोहरा, सचिवमा कैलारी सहकारी संस्थाका व्यवस्थापक रामुराम चौधरी र कोषाध्यक्षमा कालिका कृर्षि सहकारी संस्थाका व्यवस्थापक दिनेश बोहरा निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यहरुमा समिक्षा बहुउद्देश्यीय सहकारीका व्यवस्थापक पार्वती देवि चौधरी, चेतनशिल महिला विकास सहकारी संस्थाका व्यवस्थापक बनिता चौधरी र जनचेतना कृषि सहकारी संस्थाका व्यवस्थापक स्यानी कुमारी चौधरी रहेका छन् । आगामी असोज २७ गते कैलाली जिल्ला अधिवेशन गर्न लागेको सिएमसीले त्यसअघि कैलालीका १३ वटै पालिकाहरुमा शाखा समिती गठनको तयारी थालेको सिएमसी कैलालीका सचिव नरेन्द्र टमट्टाले जानकारी दिए ।



Leave a comment