हाइलाइट

नवदुर्गा भवानी सहकारीको सुपरिवेक्षण कार्यक्रम 

नवदुर्गा भवानी सहकारीको सुपरिवेक्षण कार्यक्रम  :: Sahakari Akhabar

भरतपुर । शान्तिचोकमा रहेको नवदुर्गा भवानी बचत तथा ऋण सहकारी संस्थाले सुपरिवेक्षण कार्यक्रम गरेको छ । संस्थाका अध्यक्ष कृष्णप्रसाद सापकोटाको अध्यक्षता एवं भरतपुर महानगरपालिका वडा नम्बर ५ का अध्यक्ष युद्धप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा नेफ्स्कूनका लेखा संयोजक नवराज सापकोटा र चितवन जिल्ला बचत तथा ऋण सहकारी संघकी अध्यक्ष संचालक विद्या कोईरालाले पछिल्लो समयमा सहकारीमा देखिएका समस्या र राज्यले सहकारीलाई कुनै सहयोग नगरेको बारेमा बिचार राखे ।

कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष शिवप्रसाद सापकोटा, नेफ्स्कून चितवनका प्रमुख रिसभराज रेग्मी, चितवनका १० वटा सहकारी संस्थाका प्रििनधिको उपस्थिति रहेको थियो । कार्यक्रमलाई नेफ्स्कून तथा चितवन बचत संघका फिल्ड अधिकृत सुरज चालिसे र पुरूषोत्तम ढकालले सहजीकरण गरेका थिए । संस्थाका सचिव रामकृष्ण पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रलाई नेफ्स्कून र चितवन जिल्ला बचत तथा ऋण सहकारी संघको प्राविधिक सहयोग रहेको थियो । 
 



Leave a comment