हाइलाइट

बुडोल समुदायीक सहकारीको एसईई सम्मान कार्यक्रम सम्पन्न

बुडोल समुदायीक सहकारीको एसईई सम्मान कार्यक्रम सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । बुडोल समुदायीक बचत तथा ऋण सहकारी संस्थाले एसईई सम्मान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको शिक्षा तथा प्रकाशन उपसमितिको आयोजनामा साउन २५ गते एसईई सम्मान कार्यक्रम २०८० सम्पन्न गरेको हो ।

कार्यक्रममा यस संस्थामा आबद्ध भई २०७९ सालको एसईई परीक्षामा सामेल भई उत्कृष्ट अंक हासिल गर्ने कोपिला बालबचतकर्तालाई सम्मान गरेको छ । संस्थाका शिक्षा तथा प्रकाशन उपसमितिका संयोजक प्रकाश भुर्तेलको सभापतित्व र शिक्षाविद् तथा साहित्यकार हरि मञ्जुको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा संस्थाका सल्लाहकार प्रा.भोलाबहादुर केसीले सम्मानितलाई बधाई तथा  शुभकामना मन्तव्य राखेका थिए । संस्थाले यस वर्ष एसईई परीक्षामा उत्तीर्ण भएका ९६ जना विद्यार्थीलाई मायाको चिनो स्वरुप ब्याग, प्रशंसा पत्र र खादाले सम्मान गरेको थियो । प्रमुख अतिथि हरि मञ्जुश्रीले विद्यार्थीलाई उज्ज्वल भविष्यको शुभकामना दिएका थिए ।



Leave a comment