हाइलाइट

सामूहिक बचतको अनुमानित वजेट तर्जुमा गोष्ठी सम्पन्न 

सामूहिक बचतको अनुमानित वजेट तर्जुमा गोष्ठी सम्पन्न  :: Sahakari Akhabar

भक्तपुर । सामूहिक बचत तथा ऋण सहकारी संस्थाले भावि नीति तथा कार्यक्रम एवं अनुमानित वजेट तर्जुमा गोष्ठी सम्पन्न गरेको छ । गोष्ठीमा संस्थाका सञ्चालक समिति, लेखा समिति, विभिन्न उपसमिति, सल्लाहकार, पूर्व अध्यक्ष र उच्च व्यवस्थापनका कर्मचारीहरु गरी ३६ जनाको सहभागिता रहेको थियो । गोष्ठी अध्यक्ष धनेशराज राजोपाध्यायको सभापतित्वमा साउन २० गते शनिवार भक्तपुरमा सम्पन्न भएको हो ।

कार्यक्रममा संस्थाका कामु व्यवस्थापक अनिता दुवालले आर्थिक वर्ष २०७९ / ८० को अन्तिम लेखापरीक्षण अघि ६७ करोड १ लाख ५८ हजार ९८१ रुपौंयाको कारोवार रहेको बताइन् । कार्यक्रममा व्यवस्थापनबाट प्रस्तुत आगामी वर्षका लागि अनुमानित बजेट र भावि नीति तथा कार्यक्रमहरुमाथि सहभागीहरुबाट छलफल तथा सुझाव प्रस्तुत गरिएको थियो ।

संस्थाका कोषाध्यक्ष अशोकरत्न शाक्यले जिज्ञासाको जवाफ दिएका थिए । उनले संस्थाको कारोवार बृद्धि भन्दा पनि संस्थालाई दिगो कसरी बनाउन सकिन्छ भन्नेमा सबैजना सचेत रहनुपर्नेे बताए । कार्यक्रममा पूर्व अध्यक्ष राजेशबहादुर श्रेष्ठ, माधव ध्वँजु, लेखा सुपरिवेक्षण समिति संयोजक नित्यनाथ श्रेष्ठ र विभिन्न समिति उपसमितिका वक्ताहरुले आफनो सल्लाह सुझाबहरु दिनभएको थियो ।

गोष्ठीमा अध्यष राजोपाध्यायले सहकारी प्रति सदस्यको त्रास उत्पन्न भएकोले सकारात्मक सन्देश जानेगरी काम गर्नुपर्ने बताए । कर्यक्रम संस्थाका सचिव कृष्णहरि सैँजुले स्वागत मन्तव्य तथा संस्थाका कर्मचारी विन्द्रा नायभाले संचालन गरेकी थिइन् ।



Leave a comment