हाइलाइट

सहकारी बैंक विराटनगर शाखाले पनि मनायो स्थापना दिवस

सहकारी बैंक विराटनगर शाखाले पनि मनायो स्थापना दिवस :: Sahakari Akhabar

विराटनगर । राष्ट्रिय सहकारी बैंक लिमिटेडले आफ्नो २१ औं स्थापना दिवस तथा कारोबार शुभारम्भ दिवस विविध कार्यक्रम गरि मनाएको छ । सहकारी बैंक विराटनगर शाखाले पनि केक काटेर आफ्ना सदस्यको सहभागितामा स्थापनादिवस मनाएको हो ।

बैंकको विराटनगर शाखा पहिलो शाखा हो । राष्ट्रिय सहकारी बैंक लिमिटेडका पूर्व अध्यक्ष रमेश पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा पोखरेलले ५१६ वटा सहकारी आवद्ध भएर सुरु भएको बैंकमा अहिले १६ हजार ५ सय सहकारी सदस्य रहेको बताए ।

केन्द्रमा केन्द्रिकृत हुनुभन्दा ६८ वटा शाखामा एकै पटक मनाउने उदेश्यले शाखा शाखामा सदस्य सहभागि गराएर स्थापना दिवस मनाईएको पोखरेलले जानकारी दिए । पोखरेलले अब छिट्टै सहकारीका २६ वटा शाखा विस्तारको तयारी रहेको पनि जानकारी दिए । यसैक्रममा मोरङको पथरिशनिश्चरेमा पनि तत्काल शाखा खोल्ने तयारी भईरहेको जानकारी दिदै प्रस्तावित शाखामा रंगेली र लेटाङमा पनि शाखा खोल्ने योजना रहेको उनले बताए । सहकारी बैंकले आगामि दिनमा अझ राम्रो सेवा दिने प्रयास गरिने उनको भनाई छ ।

त्यसैगरी सहकारी बैंक विराटनगर शाखा प्रमुख प्रभु पोखरेलले विराटनगर शाखाले ५२ लाख रुपैया नाफा कमाएको जानकारी दिए । उनका अनुसार बैंकको निक्षेप ६५ करोड रहेको छ भने कर्जा लगानी ६० करोड भएको छ । विराटनगर शाखाको कारोबार हरेक बर्ष बढ्दै गएको पनि उनले जानकारी दिए । 



Leave a comment