हाइलाइट

बंगलामुखी सहकारीको १६ औं स्थापना दिवस सम्पन्न

बंगलामुखी सहकारीको १६ औं स्थापना दिवस सम्पन्न :: Sahakari Akhabar

भक्तपुर । बंगलामुखी बचत तथा ऋण सहकारी संस्थाको १६ औं स्थापना दिवस कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष विवेक श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि भक्तपुर बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजु रहेका थिए ।

कार्यक्रममा संघका अध्यक्ष लाखाजुले कार्यपत्र प्रस्तुत गरेका थिए । उनले बैंक वित्तीय संस्था भन्दा सहकारी धेरै राम्रो भए पनि केहि व्यक्तिले सहकारीको बोर्ड राखेर सदस्यको करोडौ बचत अपचलन गरेकाले कारोबार गर्दा समुदायमा आधारित संस्थाको छनोट गर्न सुझाव दिए ।

कार्यक्रममा नेफ्स्कूनका सहायक कार्यकारी निर्देशक तथा वित्त विभाग प्रमुख दुर्गाप्रसाद ढकालले पनि प्रशिक्षण दिएका थिए । सहकारीका नराम्रा पक्ष बाहिर गएर भन्नु भन्दा संस्था भित्रै छलफल गरेर सुधार गर्न सके यसले सदस्य र संस्था दुबैको हित हुने उनको भनाइ थियो ।

संस्थाका अध्यक्ष विवेक श्रेष्ठले वित्तीय संकटको बीचमा पनि संस्थाको समग्र वित्तीय अवस्था राम्रो रहेकाले सदस्यहरुलाइ ढुक्क भएर कारोबार गर्न आग्रह गरे । संस्थाकी उपाध्यक्ष सरु श्रेष्ठले स्वागत मन्तव्य राख्दै सदस्यहरुले दिएको सुझावलाई समेटेर संस्था अगाडी बढ्ने बताइन् ।

कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत जगतकृष्ण श्रेष्ठले संस्थाको वित्तीय विवरण प्रस्तुत गरेको थिए ।  उनले २०६४ साल साउन १६ गते १० लाख शेयर पुँजीबाट सुरु भएको संस्थामा गत असारमसान्तमा १४ करोड ५१ लाख शेयर पुँजी पुगेको उनले बताए ।

त्यसैगरी संस्थाको जगेडा कोष २ करोड २३ लाख, कूल सम्पति १ अर्ब ३३ करोड २६ लाख र बचत संकलन ८६ करोड ८४ लाख पुगेको उनले जानकारी दिए । त्यसैगरी ऋण लगानी १ अर्ब १३ करोड ८८ लाख र शेयर सदस्य ३४८९ रहेको उनले बताए । संस्थाबाट ५७२ जनाले ऋण लिएका छन् । संस्थामा १०.३९ प्रतिशत तरलता रहेको छ ।

संस्थागत पुँजी २ करोड ४६ लाख र अन्य कोषहरु २ करोड ६४ लाख रहेको छ । संस्थाले इ टेलर सञ्चालनमा ल्याएको र सदस्यहरुले क्युआर कोड स्क्यान गरी बचत निकाल्न र जम्मा गर्न सकिने उनले जानकारी दिए । सदस्यहरुलाइ यसको प्रयोग कसरी गर्ने भनेर  सिकाउने र एक बर्षपछि चेकबुक रहित बनाउने लक्ष्य लिएको उनको भनाइ छ । संस्थाका सचिव मोहनकृष्ण श्रेष्ठले कार्यक्रमको सञ्चालन गरेका थिए ।



Leave a comment