काभ्रे । विन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक वर्षको वार्षिक समिक्षा गोष्ठी सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष शान्तकुमार श्रेष्ठको सभापतित्व तथा संस्थाका सल्लाहकार प्रदिप थापाको प्रमुख आतिथ्यतामा गोष्ठी सम्पन्न भएको हो । कार्यक्रममा आब ०७९।८० को वार्षिक लक्ष्य तथा कार्यप्रगतिलगायत कार्य संचालन र कार्यान्वयनमा देखिएका समस्या र चुनौतीको छलफल भएको थियो ।
त्यसैगरी चालु आवको लक्ष्य प्राप्तीका लागि अपनाउनु पर्ने रणनीति र कार्ययोजनाका बारेमा सेवा कार्यालयका कार्यालय व्यवस्थापकहरुले प्रस्तुत गरेको कार्यक्रममा विभागीय प्रमुखहरुले विभागीय कार्यप्रगति र संस्थाका प्रमुख कार्यकारी अधिकृतले संस्थाको एकमुष्ट कार्यप्रगतिका बारेमा जानकारी गराएका थिए ।
संस्थाको आव ०७९ / ८० मा संस्थामा शेयर सदस्य ५० हजार पाँच सय ८७ शैक्षिक बाल बचत कर्ता १० हजार गरी कुल सेवाग्राही ६० हजार पाँच सय ८७ जना पुगेको जनाइएको छ । संस्थाको कुल सम्पत्ति ४ अर्व ५७ करोड २८ लाख रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत केवि लामा स्याङ्तानले जानकारी गराए ।
कार्यक्रममा संस्थाको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, ऋण लगानी तथा असूली उपसमिति लगायत विभिन्न उपसमिति, तथा सदस्य लगायत उच्च व्यवस्थापनको सहभागिता रहेको थियो ।
Leave a comment