दोलखा । जिल्ला बचत तथा ऋण सहकारी संघले आर्थिक वर्ष २०७९ / ०८० को प्रगति समिक्षा र आर्थिक वर्ष २०८० / ०८१ को प्रस्तावित नीति तथा कार्यक्रमका बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । संघका अध्यक्ष भूमिराज खड्काको अध्यक्षता र सहकारी महासंघका संचालक डिवी बस्नेतको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौलागाई, नेफ्स्कूनका संचालक जिवसराज खड्का, बागमती प्रदेश सहकारी संघका महासचिव भीमप्रसाद दहाल र जिल्ला संघका सल्लाहकार रामदास श्रेष्ठको सहभागीता रहेको थियो ।
प्रस्तावित निती तथा कार्यक्रमका बारेमा संघका महासचिव अनिल श्रेष्ठले प्रस्तुती गरेका थिए । संघका सलाहकार, प्रारम्भिक सहकारी संस्थाका प्रमुख, कार्यकारी अधिकृत, व्यवस्थापक तथा प्रतिनिधिहरुले सुझाव राखेका थिए ।
Leave a comment