काठमाडौं । बागमती प्रदेश सहकारी संघले बाझिएका सहकारी कानुन संसोधनकालागि सुझाव पेश गरेको छ । बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरेको नेतृत्वमा आइतबार बागमती प्रदेश पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयलगायत प्रदेश सहकारी महाशाखा र सहकारी विकास बोर्डमा सुझाव बुझाएको हो ।
संघले मन्त्रालयका सचिव गोविन्द रिजाल, बागमती प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटा तथा बागमती प्रदेश सहकारी महाशाखाका रजिष्ट्रार राधाकृष्ण खतिवडालाई सुझाव बुझाएको छ ।
संघले सहकारी ऐन तथा नियमावली २०७६ र संघीय सहकारी ऐन २०७४ तथा नियमावली २०७५का आपसमा बाझिएका बुँदाहरु संसोधनका लागि सुझाव पत्र बुझाएको हो । कार्यक्रममा बागमती प्रदेश सहकारी संघ सञ्चालक तथा बागमती प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटा सहितको सहभागीता रहेको थियो ।
Leave a comment