काठमाडौं । नेपाल पर्यटन केन्द्रीय सहकारी संघको आयोजना तथा होमस्टे महासंघ नेपाल र इको होमस्टे नेपालको साझेदारीमा श्रावण ६ गते शनिवार दीगो कृषि, दिगो पर्यटन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा होमस्टे तथा पर्यटन अभियन्ता राम पट्टेलले होमस्टे, कृषि, पर्यटन र सहकारीको बारेमा प्रस्तुतीकरण गरेका थिए ।
संघका अध्यक्ष रामशरण शर्मा घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा होमस्टे महासंघ नेपालका कोषाध्यक्ष सुरज बाँस्तोलाको पनि सहभागीता रहेको थियो भने संघका महासचिव देवराज पराजुलीले कायक्रम सञ्चालन गरेका थिए ।
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।
तपाईंको प्रतिक्रिया