विराटनगर । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाको २६ औ स्थापना दिवस मनाएको छ । दिवसको अवसरमासंस्थाको सहकारी अध्ययन तथा सूचना केन्द्र भवनको उद्घाटन समेत गरेको छ । तीन तले भवन निर्माण सकेर हस्तान्तरण भएको संस्थाका अध्यक्ष जीवन काफ्लेले जानकारी दिए । संस्थाको स्थापना दिवसको अवसरमा नव निर्मित राष्ट्रसेवक भवनको समुद्घाटन गरिएको काफ्लेले बताए ।
विगत ३ वर्ष अगाडी निर्माण सुरु भएको यस सहकारी पुरानो भवनबाट नयाँ भवनमा सर्न लागेको छ । कोशी प्रदेश सरकार र राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्थाको संयुक्त लगानीमा निर्माण भएको भवनमा करिब २ करोड लागेकोउनले बताए ।
नव निर्मित भवनमा सहकारी अध्ययन तथा सूचना केन्द्रको रूपमा विकास गरेर लग्ने गरि काम भएको छ, काफ्लेले भने, सहकारीहरूको अध्ययन, अनुसन्धान तथा सहकारीहरूको तथ्याङ्कलाई एकद्धार सूचना राखिनेछ । प्रदेश सरकारको सहरी विकास तथा भवन निर्माण कार्यालयले बिहीबार नै निर्माण सम्पन्न भएको ३ तले भवन सहकारी संचालक समितिलाई हस्तान्तरण गरेको छ ।
कार्यक्रममा नेपाल निजामती कर्मचारी सङ्गठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइराला, मोरङका प्रमुख जिल्ला अधिकारी बीरेन्द्रकुमार यादव, सहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगरका निमित्त प्रमुख रुद्रनारायण मिश्रले भवनको उद्घाटन गरेका थिए ।
कार्यक्रममा राष्ट्रसेवक सहकारी स्थापना गर्न सुरुका वर्षहरूमा सहयोग गर्ने पूर्व निजामती कर्मचारी सुरेन्द्र राईलाई सहकारीका पूर्व अध्यक्ष दधिराम दाहालको स्मृतिमा स्थापित पुरस्कारबाट पुरस्कृत तथा सम्मानित गरिएको छ ।
Leave a comment