हाइलाइट

जिल्ला सहकारी संघ मोरङ्गको लेखा तालिम सम्पन्न 

जिल्ला सहकारी संघ मोरङ्गको लेखा तालिम सम्पन्न  :: Sahakari Akhabar

विराटनगर । जिल्ला सहकारी संघ मोरङ्गको लेखा तालिम सम्पन्न भएको छ । संघले शनिबार विराटनगरमा लेखा परिक्षण पूर्व तयारी, खाताबन्दी तथा व्यवस्थापन सम्वन्धि एक दिवसीय तालिम कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश पोखरेलले मुठ्ठी भरका केही मानिसले आफ्नो स्वार्थ पुर्ति गर्नका लागि सहकारीको  मान्यता विपरित काम गर्दा सहकारी अभियानमा समस्या देखिएको बताए ।उपाध्यक्ष पोखरेलले सिंगो सहकारी अभियानमा समस्या नआएपनि अभियान भने संकटमा परेकाले जोगाउन समस्या भएको बताए । सहकारीको दर्शन मुल्य मान्यता बाहिर गएर केही सञ्चालक तथा कर्मचारीले गल्ति गर्दा समग्रह सहकारी अभियान बद्नाम भएको उनको भनाई थियो ।

मोरङ्गका विभिन्न सहकारीका ३३ जनाको सहभागिता रहेको तालिममा प्रशिक्षण अविनाश निधी र अडिटर लक्ष्मि सापकोटाले सहजीकरण गरेका थिए । जिल्ला सहकारी संघका तालिम तथा परिक्षण समितिका संयोजक इंकमलेश्वर ठाकुरको अध्यक्षतामा भएको तालिमको समापनमा सहभागि विन्दा सुवेदी र खेमराज गौतमले तालिम सहकारीका लागि आवश्यक पर्ने महत्वपूर्ण विषयमा भएको बताए ।



Leave a comment