हाइलाइट

अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा धौलागिरी अस्पतालका बिरामीलाई फलफुल वितरण

अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा धौलागिरी अस्पतालका बिरामीलाई फलफुल वितरण :: Sahakari Akhabar

बागलुङ । ‘दिगो विकासका लागि सहकारी’ भन्ने मूल नारा सहित १०१औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघले धौलागिरी अस्पतालका बिरामीलाई फलफुल वितरण गरेको छ ।

कार्यक्रममा जिल्ला सहकारी संघ लिमिटेड बागलुङका सञ्चालक तथा काठेखोला गाँउपालिका वडा नं. ६ का वडा अध्यक्ष वृहस्पती कंडेल, धौलागिरी अस्पतालका वरिष्ठ अस्पताल नर्सिङ निरिक्षक देवी भट्टराई, राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाका प्रबन्धक युवराज त्रिपाठी लगायतले मन्तव्य राखेका थिए ।

जिल्ला सहकारी संघले धौलागिरी अस्पतालको इमरजेन्सी तथा अन्य वार्ड गरी ७० जना बिरामीलाई फलफुल वितरण गरेको संघका प्रबन्धक सिर्जना शर्माले जानकारी दिइन् ।

संघले गत वर्षको अन्तर्राष्ट्रिय सहकारी दिवसमा मानव सेवा आश्रमलाई खाद्यानका लागि प्रयोग गरिने सामान सहयोग गरेको जिल्ला सहकारी संघका सञ्चालक जगन्नाथ सापकोटाले बताए ।

कार्यक्रम जिल्ला सहकारी संघकी अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमाकुमारी जि.सी (अञ्जु) को अध्यक्षता, संघको सञ्चालक खिम कार्कीको स्वागत तथा सचिव तेज प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।



Leave a comment