दोलखा । मैनापोखरीको जनसचेतन बचत तथा ऋण सहकारीले वृक्षा रोपण गरेको छ । स्वच्छ वायु, स्वस्थ जीवन, पर्यावरणीय संरक्षणमा योगदान भन्ने नारालाई सार्थकता दिन संस्थाले मैनापोखरी बजारमा वृक्षारोपण गरेको हो ।
डिभिजन वन कार्यालय, चरिकोटको सहयोगमा कपुरको विरुवा, कल्की, धुपी र जकाराण्डको विरुवा गरी ५०० वटा विरुवा वृक्षारोपण गरेको हो । वृक्षारोपणमा डिभिजन वन कार्यालयका कर्मचारी, दोलखा उद्योग वाणिज्य संघका पदाधिकारी, इलाका प्रहरी कार्यालय मैनापोखरीका कर्मचारी, सहकारीका पदाधिकारी तथा कर्मचारीहरु, सहकारीकर्मी, शिक्षक, व्यापारीहरुको उपस्थिति रहेको थियो ।
Leave a comment