विराटनगर । जिल्ला बचत संघ मोरङले नेफ्स्कूनसंगको साझेदारीमा दुई दिवसीय वार्षिक योजना तथा बजेट निर्माण सम्बन्धी तालिम सम्पन्न गरेको छ । असार ११ र १२ दुईदिन संचालन भएको तालिमको जिल्ला संघका सचिव जीवन बस्नेत र कार्यक्रम अधिकृत रामकुमार दाहालले गरेका थिए ।
संघका अध्यक्ष प्रेमप्रकाश कोईरालाको अध्यक्षतामा भएको तालिममा कोशी प्रदेश बचत संघका उपाध्यक्ष हरिप्रसाद सुबेदीका प्रमुख आतिथ्यता रहेको थियो । सहभागीहरुले तालिमले सहकारी सस्थालाइ मजबुत र आर्थिक रुपले पार्दशिता बनाउन सहज पुग्ने बताएका थिए । तालिममा संघका उपाध्यक्ष एकराज निरौला लगाएत २५ जनाको सहभागीता रहेको थियो ।
Leave a comment