हाइलाइट

सहकारीका लागि बजेट व्यवस्थापन गर्न सहकारी सञ्जालको ज्ञापन पत्र

सहकारीका लागि बजेट व्यवस्थापन गर्न सहकारी सञ्जालको ज्ञापन पत्र :: Sahakari Akhabar

विराटनगर । बिराटनगर सहकारी सञ्जाल बेलबारीले आर्थिक बर्ष २०८०/०८१ को बजेटमा सहकारी क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट व्यवस्थापन गर्न बेलबारी नगरपालिकालाई आग्रह गरेको छ । नगर सहकारी सञ्जाल बेलबारीका अध्यक्ष दुर्गा गौतमको टोली मंगलबार  मेयर दिल प्रसाद राईलाई ज्ञापन पत्र बुझाउँदै सो आग्रह गरेको हो । बेलबारी नगरपालिकामा कार्य गरिरहेका सहकारीहरुको दिगोपन र बृद्धिविकासका लागि बजेट विनियोजन गर्नु आवश्यक रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

सञ्जालले कार्यक्रमको शिर्षक नै उल्लेख गरि बजेट व्यवस्थापन गर्न अनुरोध गरेको छ । कृषि उत्पादनमा आधारित सहकारी उद्योगको स्थापना, विकास र बजारीकरणका गर्न, सहकारी खेति प्रवद्र्धन कार्यक्रम गर्न, बेलबारीमा रहेका सहकारीको छनौट गरि पुरस्कृत गर्न, सहकारीका प्रतिनिधिहरुलाई अवलोकन भ्रमण गर्न ।

त्यसैगरी राष्ट्रिय सहकारी दिवस मनाउन, सहकारीमा महिला सहभागिता सम्वन्धि गोष्ठि सञ्चालन गर्न, कृषि उत्पादनलाई सुरक्षित गर्न सितभण्डारको निर्माण गर्न, सहकारीहरुको क्षमता अभिवृद्धिका लागि ऋण व्यवस्थापन तालिम, सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम, वित्तिय साक्षरता तालिम, एमसिआई र पिइएआरलस तालिम, महिला सशक्तिकण तालिम र कर्मचारीहरुलाई कानुनी तालिम सञ्चालन गर्न बजेट व्यवस्थापन गर्नको लागि आग्रह गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।



Leave a comment