हाइलाइट

नवदुर्गा भवानी साकोसद्धारा नसर्ने रोगको निःशुल्क शिविर

नवदुर्गा भवानी साकोसद्धारा नसर्ने रोगको निःशुल्क शिविर :: Sahakari Akhabar

चितवन । नवदुर्गा भवानी बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुकालागि नसर्ने रोगको निशुल्क शिविर सम्पन्न गरेको छ । नेपाल परिवार नियोजन संघ चितवन शाखा तथा स्वास्थ्य कार्यालय चितववन संगको सहकार्यमा संस्थाले भरतपुर महागरपालिकाम शिविर सम्पन्न गरेको हो ।

३० बर्ष उमेर पुगेका संस्थाका सदस्यका लागि नसर्ने रोगको स्क्रीनिङ जाँच अन्तर्गत निःशुल्क रुपमा ब्लड सुगर, पिसाव, रक्तचाप तथा बिएम्आई सेवा प्रदान गर्न निःशुल्क शिविरको आयोजना गरेको जनाएको छ । शिविरमा २२३ जनाले सेवा लिएका थिए । शिविर सहकारी संस्थाको कार्यलयमा असारको २ गते सम्म चलेको थियो ।



Leave a comment