हाइलाइट

नौ वटा साकोसको तेस्रो कार्यकुशलता कार्यक्रम सम्पन्न

नौ वटा साकोसको तेस्रो कार्यकुशलता कार्यक्रम सम्पन्न :: Sahakari Akhabar

चितवन । नारायणी बचत तथा ऋण सहकारी भरतपुरको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा नारायणी छैटौं  समुह चितवनमा तेस्रो  कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला बैशाख २९ गते  सम्पन्न भएको छ । कार्यशालामा प्राबेसनमा आबद्ध चितवन जिल्लाका ९ वटा संस्थाका ४० जना को उपस्थिति रहेको थियो ।

कार्यक्रममा आयोजक साकोसका अध्यक्ष केशव वहादुर पौडेलको अध्यक्षता र नेफ्स्कून सञ्चालक सदस्य तथा चितवन जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष विद्या कोईराला तथा भरतपुर ५ का वडा अध्यक्ष युद्ध प्रसाद श्रेष्ठको आतिथ्यता  रहेको थियो भने नारायणी साकोस प्रोवेशन कार्यदल संयोजक हरिकृष्ण अधिकारीले कार्यक्रम संचालन ग।ेका थिए ।

कार्यक्रमका सहभागी बक्ताहरुले सहकारी संस्थाहरुले चालु आ.व.को आर्थिक गतिविधि समापन गरी नयाँ आर्थिक बर्ष प्रारम्भको अवसरमा रहेको हुनाले संस्था सञ्चालनमा झनै सजग रहनुपर्ने बताए । सहकारी विभागका समय सापेक्ष सम्प्रेषित निर्देशन र परिपत्रको पूर्ण परिपालनामा ध्यान दिन साकोसहरुमा अनुरोध गरिएको थियो ।



Leave a comment