हाइलाइट

इमेजको समस्या समाधान गर्न सहकारी रजिष्ट्रारलाई ध्यानाकर्षण

इमेजको समस्या समाधान गर्न सहकारी रजिष्ट्रारलाई ध्यानाकर्षण :: Sahakari Akhabar

बागलुङ । जिल्ला सहकारी संघ बागलुङले इमेज वचत तथा ऋण सहकारी संस्थाका वचतकर्ताहरुको रकम फिर्ता गर्ने प्रक्रिया अगाडि बढाउनका लागि सहकारी रजिष्ट्रार कार्यालय पोखराका रजिष्ट्रार रोशन अर्यालको ध्यानाकर्षण गराएको छ ।

संघका तर्फबाट सञ्चालक जगन्नाथ सापकोटाले आइतवार ध्यानाकर्षण पत्र बुझाएका थिए । जिल्ला सहकारी संघले वचतकर्ताहरुको रकम जोखिममा पारेर सञ्चालकहरु सम्पर्क विहिन भएको भन्दै सञ्चालकहरुको खोजी गरी कानुनी कार्वाही अगाडि बढाउन माग गरेको छ । रजिष्ट्रार अर्यालले वचतकर्ताहरुको वचतको सुरक्षणका लागि रजिष्ट्रारको कार्यालय सचेत रहेको र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइसकेको जानकारी दिए ।

वचतकर्ताहरुको उजुरीपछि कार्यालयका तर्फबाट संस्थाको वित्तीय अवस्थाको पहिचान गर्नुका साथै सहकारीको कार्यालय सिल गर्न जिल्ला प्रशासन कार्यालयलाई र आवश्यक खोजी प्रक्रिया अगाडि बढाउनका लागि केन्द्रीय अनुसन्धान व्यूरोमा सिफारिस गरिएको उनले बताए ।

हाम्रो पहिलो प्राथमिकता वचतकर्ताहरुको वचत फिर्ता गराउने हो, अनुसन्धानका क्रममा दोषी देखिएका सबैलाई कानुनी दायरामा ल्याएर वचत फिर्ता गराउन आफुहरु प्रतिवद्ध रहेको रजिष्ट्रार अर्यालले भने ।    
 



Leave a comment