काठमाडौं । हसना भास्तिपुर बचत तथा ऋण सहकारी संस्थाको १४ औं स्थापना दिवस कार्यक्रम सम्पन्न भएको छ । संस्थाले साताव्यापी रुपमा कार्यक्रम गरि स्थापना दिवस मनाएको हो ।
बार्षिकोत्सवको अवसरमा संस्थाले ५ देखि १० बर्षका बाल बचतकर्ताहरुको लागि चम्चा दौड, ११ देखि १५ बर्षका बाल सदस्यका लागि म्युजिकल चेयर र सदस्यहरुको लागि मुख्य कार्यालय सहित सबै केन्द्रहरुमा ४ दिन निः शुल्क सुगर तथा जनरल जाँच कार्यक्रमको आयोजना गरेको थियो ।
त्यसैगरी डिनोभो ड्रग प्रालिको सहकार्यमा स्वास्थ्य शिविर तथा निःशुल्क रगत तथा जनरल डाक्टरी जाँचका साथै औषधी समेत वितरण गरेको हो । संस्थाका अध्यक्ष नारायण कृष्ण मर्हजनको अध्यक्षतामा भएको दिवस कार्यक्रममा चन्द्रागिरि नगरपालिका वडा न १२ का अध्यक्ष न्हुन्छे बहादुर मर्हजन प्रमुख आतिथि रहेका थिए ।
त्यसैगरी कार्यक्रमको अतिथिहरुमा कास्कुनका अध्यक्ष दिपक पनेरु, काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष मनोजकुमार थापा मगर, चन्द्रागिरि नगरपालिका सहकारी शाखा प्रमुख राज कुमार खड्का, खुसी खुसी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बटुकृष्ण थापा लगायत रहेका थिए ।
६ हजार ९ सय सदस्य आवद्ध रहेको संस्थाको शेयर पुँजी ८ करोड , बचत १ अर्ब ३० करोड, ऋण लगानी १ अर्ब २८ करोड, जगेडा कोष ४ करोड गरी कुल कारोवार १ अर्ब ६५ करोड पुगेको छ । अर्थतन्त्रमा आएको संकटको बेलामा पनि संस्थाले सदस्यहरुको मन जित्दै प्रभावकारी रुपमा वित्तीय कारोवार गर्दै आएको छ ।
Leave a comment