हाइलाइट

सहकारीमा नियमित वचतलाई प्राथमिकता दिऔँ : जि.सी.    

सहकारीमा नियमित वचतलाई प्राथमिकता दिऔँ : जि.सी.     :: Sahakari Akhabar

बागलुङ । राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जि.सी.ले वचत तथा ऋणको कारोबार गर्ने सहकारीहरुको दिगोपनाका लागि नियमित वचतलाई प्राथमिकता दिन आग्रह गरेका छन् ।

महिला हित वचत तथा ऋण सहकारी संस्थाले शनिवार कुश्मामा आयोजना गरेको एक दिने क्षमता अभिवृद्धि कार्यक्रममा सहजीकरण गर्दै जिसीले सदस्यहरुलाई आयआर्जन वृद्धि गर्ने तरिका सिकाउनुका साथै खर्च कटौती गरी दिर्घकालिन वचतमा सहभागी हुन प्रेरित गर्नु पर्ने बताए ।

सदस्यहरुले सहकारीमा राख्ने एउटा वचतलाई स्थिर सम्पत्ती वचतका रुपमा संचालन गर्न सकिने भन्दै जग्गा जमिन जस्तै पैसालाई स्थिर सम्पत्ती बनाउन सकिने बताए । संस्थाका अध्यक्ष लिलादेवी खड्काले सदस्यहरुलाई स्थिर सम्पत्ती वचतका बारेमा सचेतना प्रदान गरी आगामी आर्थिक वर्षबाट अभियान सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरिन ।

सहकारीमा सदस्यहरुको सक्रियताका लागि महिला हित सहकारीले नियमित सहकारी शिक्षा तथा सचेतना लगायत संस्थालाई दिगो बनाउन सहयोग पुग्ने अभियान सञ्चालन गर्दै आएको खड्काले बताइन् । कार्यक्रममा सञ्चालक समिति, सल्लाहकार, उपसमितिका सदस्य र कर्मचारी सहित १८ जनाको सहभागिता रहेको थियो ।

एक हजार ३ सय जना शेयर सदस्य रहेको महिला हित वचत तथा ऋण सहकारी संस्थामा ३ करोड शेयर रकम, १० करोड वचत र १० करोड ऋण लगानी रहेको संस्थाका प्रवन्धक चन्द्रा कार्कीले जानकारी दिइन् । 
 



Leave a comment