हाइलाइट

मोरङमा महिला सहकारीकर्मीको गोष्ठी हुने

मोरङमा महिला सहकारीकर्मीको गोष्ठी हुने :: Sahakari Akhabar

विराटनगर । मोरङमा महिला सहकारीकर्मीको गोष्ठी हुने भएको छ । जिल्ला सहकारी संघ मोरङको संयोजनमा यही जेठ २७ गते विराटनगरमा गोष्ठी हुने भएको हो । संघको संचालक तथा लेखा समितिको बैठकले एक दिने गोष्ठी गर्ने निणर्य गरेको संघका अध्यक्ष डिल्ली पोखरेलले बताए ।

उनले गोष्ठीमा जिल्लामा संचालन भएका जुनसुकै प्रकृतिका सहकारीका अध्यक्ष, संचालक समिति तथा ब्यवस्थापन प्रमुख महिलहरुको सहभागिता रहने जनाए । गोष्ठीमा बैंक वित्तिय संस्था तथा सहकारी विज्ञको कार्यपत्र प्रस्तुत हुने गोष्ठी संयोजन समितिका संयोजक पार्वती बरालले जानकारी दिइन् ।
 



Leave a comment