हाइलाइट

रेश साना किसान सहकारीको वित्तीय साक्षरता तालिम सम्पन्न

रेश साना किसान सहकारीको वित्तीय साक्षरता तालिम सम्पन्न :: Sahakari Akhabar

बागलुङ । काठेखोला गाउँपालिका वडा नं. ७ रेश वडा कार्यालयको समन्वय तथा रेश साना किसान कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा संस्थाका शेयर सदस्यहरुका लागि सञ्चालित २ दिने वित्तीय साक्षरता तालिम बिहीवार सम्पन्न भएको छ ।

सहकारीमा आवद्ध शेयर सदस्यहरुलाई आयआर्जन बढाउने, आयआर्जन भएको रकमलाई आफ्नो जीवनयापनमा प्रभावकारी परिचालनका लागि सहयोग पु¥याउने उद्देश्यका साथ तालिम आयोजना गरिएको संस्थाका अध्यक्ष उजेली शर्माले जानकारी दिइन् ।

तालिम समापनका अवसरमा बोल्दै वडा अध्यक्ष प्रेम लामिछानेले स्थानीय उत्पादनको वृद्धि गरी जीवन यापनमा त्यसको अधिकतम प्रयोगसंगै विक्री वितरणका लागि समेत ध्यान दिनु पर्नेमा जोड दिए । सहकारीका सदस्यहरुले उत्पादन बढाउने, संस्थाले संकलन र बजारीकरणका लागि व्यवस्थापन गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा वडा सदस्य हरिकला सुनार, वडा सचिव रिता जिसी कुवर, सहभागीका तर्फबाट कमला गौतम लगायतले तालिमको प्रभावकारिताका बारेमा बिचार राखेका थिए । तालिममा वित्तीय साक्षरता, सहकारीमा सदस्यको भूमिका, वचत अभियान र दिर्घकालिन वचतको महत्व लगायतका विषयमा राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसीले सहजीकरण गरेका थिए ।



Leave a comment