काठमाडौं । राष्ट्रिय सहकारी बैंक राजविराज शाखाको संयोजकमा आईडियल सहकारी संस्थाका अध्यक्ष गणेश कुमार आश मनोनित भएका छन् । बैंक सञ्चालक समितिको बैठकले आशलाई शाखा समन्वय उपसमितिको संयोजकमा मनोनित गरेको हो ।
संयोजक आश मधेश प्रदेशकै उत्कृष्ट संस्थाको नेतृत्व गरिरहेकाले मनोनित भएसँगै व्यवसाय विस्तारमा अतुलनिय योगदान रहने बैंकले विश्वास लिएको छ । आईडियल सहकारी संस्था मधेश प्रदेशकै नमूना सहकारीको रुपमा स्थापित छ ।
११ करोड ११ लाख सेयर पुँजी रहेको संस्थाको कुम वासलात १ अर्ब १६ करोड रुपैयाँ रहेको छ । ८ करोड ३१ लाख जगेडा कोषमा रहेको छ भने तरलता १८.५१ प्रतिशत रहेको छ ।
संस्थामा १४ हजार ८० जना सदस्यको ८२ करोड ४३ लाख रुपैयाँ बचत रहेको छ ।
Leave a comment