हाइलाइट

बेनी नगरपालिकाकालाई सहकारी बैंकको सुझाव

बेनी नगरपालिकाकालाई सहकारी बैंकको सुझाव :: Sahakari Akhabar

म्याग्दी । राष्ट्रिय सहकारी बैंकले बेनी नगरपालिकालाई स्थानीय तहले नीति तथा कार्यक्रम र बजेट निर्माणमा सहकारी क्षेत्रमा काम गर्नका लागि सुझाव पेस गरेको छ । बेनी नगरपालिकाका प्रमुख सुरज केसीले सहकारीमा समस्या आउनुमा हामी त दोषी छैनौ भन्ने विषयमा आफुहरु सचेत रहेको बताए ।

मुलुकमा वित्तीय संकट आएसंगै सहकारी क्षेत्रमा पनि तरलता अभाव देखिएको छ, सहकारीमा देखिएको समस्यामा नगरपालिकाको भूमिका के छ, समस्या आउनुमा हाम्रो भूमिका पो छ कि ? भनेर गंभिरताका साथ अध्ययन गरिरहेको र समस्या समाधानका उपायको खोजी गर्न थालेको नगर प्रमुख केसीले बताए ।

सहकारीमा समस्या आउनुका कारण बारेमा हामी सामान्यतया जानकार नै छौ, समस्याको पहिचान गर्न, नगरपालिकाको तर्फबाट समस्या समाधानका लागि सहजीकरण गर्न उपप्रमुखको नेतृत्वमा कार्यदल नै बनाएर काम शुरु गरिएको उनले जानकारी दिए ।

नगर उपप्रमुख ज्योती लामिछानेले नगरपालिकाको नियमन क्षेत्र भित्रका सहकारीहरुको अनुगमन गरी सकिएको र देखिएका कैफियतहरुको बारेमा सम्बन्धित संस्थाहरुलाई लिखित सुझाव दिने तयारी रहेको बताइन् । उनले पहिलो चरणमा हामीले समस्या समाधानका लागि सुझाव दिन्छौ, सहजीकरण गर्छौ, तालिम तथा प्रशिक्षणहरु सञ्चालन गछौ, त्यसो गर्दा पनि सुधार नभएमा कानुनी कार्वाहीमा समेत जाने बाइन् ।

राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले बैंकले प्रस्तुत गरेका सुझावहरुको बारेमा जानकारी गराउदै सहकारीलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि पालिकाहरुले प्रवद्र्धन, विकास र नियमनका क्षेत्रमा ध्यान दिनु पर्ने बताए ।

बैंकका तर्फबाट प्रस्तुत गरिएको सुझावहरु बैकका सञ्चालक जिसी, बैंकको जिल्ला सम्पर्क समन्वय उपसमिति म्याग्दीका संयोजक रमेश गिरी, सदस्य लाल बहादुर अधिकारी, सहकारी बैंक बागलुङ शाखाका प्रमुख युवराज त्रिपाठीले नगर प्रमुख केसी र उपप्रमुख लामिछानेलाई बुझाएका थिए ।



Leave a comment