पर्वत । राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाले जिल्ला सहकारी संघ पर्वतसंगको सहकार्यमा सोमबार कुश्मामा सहकारीमा कोषाध्यक्षको भूमिका विषयक लघु गोष्ठी सम्पन्न गरेको छ । सहकारी बैंकका संचालक रामबहादुर जिसीले सहकारीमा सञ्चालक समितिका तर्फबाट लेखा सम्बन्धी जिम्मेवारी लिने कोषाध्यक्षले अलि बढी ध्यान दिँदा सहकारीलाई सहज रुपमा सञ्चालनमा सहयोग पुग्ने भएकाले कोषाध्यक्षको भूमिका विषयक गोष्ठी आयोजना गरिएको बताए ।
महासंघका सञ्चालक तथा जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु) ले सहकारीमा आउन सक्ने समस्या समाधानका लागि एकतावद्धरुपमा प्रयास थाल्नुपर्ने बताइन् । कुश्मा नगरपालिका सहकारी शाखाका प्रमुख ऋषिराम शर्मा पौडेल, जिल्ला सहकारी संघ पर्वतका उपाध्यक्ष लालबहादुर अधिकारी लगायतले सहकारीलाई प्रभावकारी रुपमा सञ्चालनका लागि सञ्चालकहरुको सक्रियता, समन्वय र सदस्यसंगको सहकार्यलाई बढाउनु पर्नेमा जोड दिएका छन् ।
कार्यक्रम जिल्ला सहकारी संघ पर्वतका अध्यक्ष शेषराज रेग्मीको अध्यक्षता, सचिव ऋषिराम भुषालको स्वागत र राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाका प्रमुख युवराज त्रिपाठीको सञ्चालनमा सम्पन्न भएको थियो ।
Leave a comment