भक्तपुर । गाम्चा बचत तथा ऋण सहकारी संस्थाले वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको वार्षिक कार्ययोजना अनुरूप एक दिने सहकारी शिक्षा तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष विकास खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष शुशिल खड्काले स्वागत मन्तब्य राखेका थिए ।
नेफस्कूनका कार्यक्रम अधिकृत पेशलकुमार खड्काले सहकारी शिक्षा र वित्तिय साक्षरता विषयमा प्रशिक्षण गरेका थिए । कार्यक्रममा संचालक समिति, लेखा समिति, विभिन्न उपसमिति तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रम व्यवस्थापक निता अधिकारीले संचालन गरेकी थिइन् ।
Leave a comment