हाइलाइट

दक्षिणबाराही महिला साकोसद्धारा रक्तदान कार्यक्रम 

दक्षिणबाराही महिला साकोसद्धारा रक्तदान कार्यक्रम  :: Sahakari Akhabar

भक्तपुर । दक्षिणबाराही महिला बचत तथा ऋण सहकारी संस्थाले वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको वार्षिक कार्यक्रम अनुसार बैशाख ३० गते वृहत रक्तदान कार्यक्रम कटुन्जेको सुशील भैरव मन्दिर प्राङ्गणमा गरेको हो ।

रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखा र नेपाल रेडक्रस सोसाइटी कटुन्जे उपशाखासँगको समन्वयमा सम्पन्न भएको हो । कार्यक्रममा संस्थाका सदस्य, संचालक र कर्मचारीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा २९ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक तथा स्वास्थ्य उपसमिति संयोजक पार्वती घिमिरे भण्डारीले जानकारी दिइन् । 



Leave a comment