काठमाडौ । शान्तिनगरमा रहेको बाबियाखर्क बचत तथा अण सहकारी संस्थाले निशुल्क आँखा शिविर संचालन गर्ने भएको छ । संस्थाले यही बैशाख ३० गते लायन्स क्लवको सहकार्यमा शनिवार निशुल्क आँखा शिविर संचालन गर्ने भएको हो ।
संस्थाले संचालन गर्ने निशुल्क आँखा शिविरमा औषधि र चस्माको पावर परिक्षण समेत गरिने जनाएको छ । संस्थाको कार्यालय रहेको स्थानमा गरिने बिहान ११ बजेदेखि संचालन हुने निशुल्क आँखा शिविरमा सदस्य तथा गैह्र सदस्यलेसमेत सहभागीता जनाउन सकिने संस्थाका ब्यवस्थापक बलदेव पौडेलले जानकारी दिए ।
Leave a comment