हाइलाइट

कृष्णगंगा सहकारीको स्थापना दिवसमा सदस्यहरुसंग अन्तरक्रिया

कृष्णगंगा सहकारीको स्थापना दिवसमा सदस्यहरुसंग अन्तरक्रिया :: Sahakari Akhabar

पर्वत । जलजला गाउँपालिका मिलनचोकमा रहेको कृष्णगंगा बहुउद्देश्यीय सहकारी संस्थाको १५ औं स्थापना दिवसका अवसरमा सदस्यहरुसंग अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा संस्थाका अध्यक्ष गोविन्दराज जैसी, उपाध्यक्ष रुद्रलाल उपाध्याय, सचिव भेषराज आचार्य र कोषाध्यक्ष बम बहादुर बरुवालले संस्थाको अवस्थाका बारेमा जानकारी गराए ।

अध्यक्ष जैसीले हल्लाका पछि नलागी निर्धक्क भएर संस्थामा कारोबार गर्न शेयर सदस्यहरुलाई आव्हान गरे । उनले संस्थामा लगानी गरेको शेयर र वचत रकम सदस्यहरुमै लगानीमा छ, सदस्यमा लगानी भएको रकम सुरक्षित छ, त्यसैले निर्धक्क रहन आव्हान गर्दै उनले संस्थामा आउन सक्ने समस्याको समाधानका लागि सहयोग गर्न समेत आग्रह गरे ।

९ सय ८० जना शेयर सदस्य रहेको संस्थामा ३ करोड ३८ लाख शेयर रकम, १५ करोड ३१ लाख वचत रकम, १९ करोड ५१ लाख ऋण लगानी, १ करोड कोष सहित कुल सम्पत्ती २२ करोड रहेको संस्थाका प्रवन्धक ओम प्रकाश शर्माले जानकारी दिए ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका संचालक रामबहादुर जिसीले सहकारीले सदस्यसंग संकलन गरेको वचत संस्थाका शेयर सदस्यहरुलाई नै ऋण लगानी गर्ने, ऋण लैजाने सदस्यले तिरेको ब्याजबाट वचतकर्ताले ब्याज पाउने हो, सदस्यलाई लगानी गरेको ऋण नउठ्ने र वचत गरेका सदस्यहरुले वचत फिर्ताका लागि दवाव बढाउदा ऋणी सदस्यहरुलाई समस्या पर्ने भएकाले ऋण लगेर नतिर्ने सदस्यहरुलाई सचेत हुन आग्रह गरे ।

कार्यक्रममा संस्थाका सल्लाहकार जमुना आचार्यले सहकारी सदस्यहरुको हो, सदस्यहरु सहकारीका मालिक हुन, सदस्यहरुले आफु संस्थाको मालिक भएको अनुभूति गर्न सके सहकारीमा समस्या नआउने बताइन् ।
     
 



Leave a comment