झापा । कर्णाली बचत तथा ऋण सहकारी संस्थाले हल्दिबारी गाउँपालिकाको गोलधाप स्वास्थ्य चौकीमा स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सर जाँच सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । विराट मेडिकल कलेज बिराटनगरको प्राविधिक सहयोगमा क्यान्सर रोग सम्बन्धी वरिष्ठ विशेषज्ञ अस्मिता रायमाझीले स्वास्थ्य परीक्षण तथा परामर्श दिएकी थिइन् ।
स्वास्थ्य शिविरमा हाल्दिबारी गाउँपालिकाका १५० महिलाहरुले स्वास्थ्य परिक्षण गराएका थिए । कार्यक्रमका संस्थाका अध्यक्ष टसबहादुर बस्नेतले निःशुल्क स्वास्थ्य शिविरको आवश्यकता र औचित्य माथि प्रकाश पारेका थिए ।
स्वास्थ्य शिविरमा गोलधाप स्वस्थ्य चौकीका प्रमुख यामप्रसाद न्यौपाने, संस्थाका सञ्चालक समिति सदस्य गणेशप्रसाद पराजुली, शिक्षा उपसमिति सदस्य दिलकेशर थापालगायत संस्थाका विभागीय प्रमुख तथा कर्मचारीहरुको सहभागिता थियो ।
Leave a comment