हाइलाइट

धरमपुर साकोसको स्थापना दिवसमा ३८८ जनाको निशुल्क आँखा परिक्षण

धरमपुर साकोसको स्थापना दिवसमा ३८८ जनाको निशुल्क आँखा परिक्षण :: Sahakari Akhabar

झापा । धरमपुर बचत तथा ऋण सहकारी संस्थाले १४औ स्थापना दिवसको अवसरमा आँखा शिविर सञ्चालन गरेको छ । मेची आँखा अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा शिवसताक्षी २, मंगलबारेमा आँखा शिविर संचालन गरेको हो । शिविरमा ९० बर्षिया शान्तिदेवी अधिकारीको आँखा परिक्षणबाट शिविरको शिविरको उद्घाटन गरिएको थियो । शिविरबाट २ सय १० जना महिला र १ सय ७८ जना पुरुष गरि जम्मा ३ सय ८८ जना बिरामीहरूले आँखाको परिक्षण गराएका थिए ।

शिविरमा १५४ थान चस्मा २ सय रुपैयाँप्रति गोटा प्रदान गरिएको साथै १५ जना मोती बिन्दु लागेका आँखाका रोगीहरुको अप्रेसन र ३० हजार बराबरको औषधि संस्थाद्वारा निःशुल्क वितरण गरिएको संस्थाका व्यवस्थापक विनोद ढकालले बताए । डा. कल्पना कार्की कडरियाको नेतृत्वमा ८ सदस्यीय आँखा विशेषज्ञ टोलीमार्फत उपचार गरीएको व्यवस्थापक ढकालले बताए ।



Leave a comment