हाइलाइट

सहकारीका लागि सूचना प्रणालीलाई व्यवस्थित गर्ने तालिम सम्पन्न

सहकारीका लागि सूचना प्रणालीलाई व्यवस्थित गर्ने तालिम सम्पन्न :: Sahakari Akhabar

विराटनगर । विराटनगर महानगरपालिकाले सहकारीहरुको सूचना प्रणालीलाई व्यवस्थित गर्ने तीन दिने तालिम सम्पन्न गरेको छ । विराटनगर महानगरपालिकाको अनुगमन क्षेत्राधिकारभित्र रहेका सहकारीलाई लक्षित गरी सञ्चालित तीन दिने तालिमको मंगलबार समापन गरिएकोको छ ।

महानगरपालिकाको आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेको अध्यक्षता तथा कार्यबाहक मेयर शिल्पा निराला कार्कीको प्रमुख आतिथ्यमा भएको समापन समारोहमा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

तालिममा  सहकारीको संस्थागत क्षमता वृद्धिसँगै पारदशिता कायम गर्नका लागि महत्वपूर्ण भूमिका खेल्ने कार्यबाहक मेयर कार्कीले बताईन । उनले सूचना प्रणालीलाई व्यवस्थित गर्न सकिए सहकारीको कारोबारसमेत पारदर्शी हुने उल्लेख गरिन् ।

नेपाल सरकारले अनिवार्य गरेको प्रणाली भएकाले सबै सहकारीले सूचना प्रणालीलाई कार्यान्वयन गर्नुपर्नेमा महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपक पौडेलले जोड दिए । उनका अनुसार यो प्रणालीमा आबद्ध नभएसम्म कर कार्यालयमा समेत कर बुझाउन मिल्दैन । सहकारी विज्ञ मनोज कार्कीले सहजीकरण गरेको तालिमामा महानगरपालिकाको अनुगमन क्षेत्राधिकारभित्र रहेका ४२ वटा सहकारीको सहभागिता रहेको थियो ।



Leave a comment