हाइलाइट

सबैको बचत सहकारीको अन्तरक्रिया कार्यक्रम

सबैको बचत सहकारीको अन्तरक्रिया कार्यक्रम :: Sahakari Akhabar

रुपन्देही । सबैको बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुसंग बिस्तारित मञ्च कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको भलबारी सेवाकेन्द्रमार्फत सदस्यसंग अन्तक्र्रिया गरेको हो । संस्थाका अध्यक्ष भरतराज भूसालको अध्यक्षता तथा लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णप्रसाद नेपालको प्रमुख आतिथ्यता रहेको थियो ।

संस्थाका व्यवस्थापक हरिहर पौड्यालले संस्थाको बारेमा जानकारी गराएका थिए । उनले गत वर्ष मात्र यस क्षेत्रमा रहेका ११ वटा सहकारी संस्थाहरु एकिकरण भई सबैको बचत तथा ऋण सहकारी संस्थाको नामबाट कारोबार गरिरहेको जानकारी दिए।

उनले संस्थामा हाल ६ हजार २६९ सदस्य,  १ अर्ब ३ करोड बासलात रहेको कार्यक्रममा बताए । एकिकरण पछी सदस्यहरु वृद्धी भएको र सदस्यहरुलाई उपलब्ध गराउने सेवाहरु सहज भएको जानकारी भलवारी सेवाकेन्द्रका सेवाकेन्द्र संयोजक हिमकला ओस्तिले जानकारी दिइन्।

कार्यक्रममा तिलोत्तमा नपा वडा नं ७ का वडाध्यक्ष देबीप्रसाद पंगेनी, संस्थाका सल्लाहकार,  एकिकरण पूर्वका संचालक तथा लेखा समितिका पदाधिकारी एवं सदस्य तथा वर्तमान संचालक, लेखा तथा उपसमितिका पदाधिकारी तथा सदस्यहरु सहित १७६ जनाको उपस्थित रहेको थियो।



प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

तपाईंको प्रतिक्रिया

0/2000