हाइलाइट

सबैको बचत सहकारीको अन्तरक्रिया कार्यक्रम

सबैको बचत सहकारीको अन्तरक्रिया कार्यक्रम :: Sahakari Akhabar

रुपन्देही । सबैको बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुसंग बिस्तारित मञ्च कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको भलबारी सेवाकेन्द्रमार्फत सदस्यसंग अन्तक्र्रिया गरेको हो । संस्थाका अध्यक्ष भरतराज भूसालको अध्यक्षता तथा लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णप्रसाद नेपालको प्रमुख आतिथ्यता रहेको थियो ।

संस्थाका व्यवस्थापक हरिहर पौड्यालले संस्थाको बारेमा जानकारी गराएका थिए । उनले गत वर्ष मात्र यस क्षेत्रमा रहेका ११ वटा सहकारी संस्थाहरु एकिकरण भई सबैको बचत तथा ऋण सहकारी संस्थाको नामबाट कारोबार गरिरहेको जानकारी दिए।

उनले संस्थामा हाल ६ हजार २६९ सदस्य,  १ अर्ब ३ करोड बासलात रहेको कार्यक्रममा बताए । एकिकरण पछी सदस्यहरु वृद्धी भएको र सदस्यहरुलाई उपलब्ध गराउने सेवाहरु सहज भएको जानकारी भलवारी सेवाकेन्द्रका सेवाकेन्द्र संयोजक हिमकला ओस्तिले जानकारी दिइन्।

कार्यक्रममा तिलोत्तमा नपा वडा नं ७ का वडाध्यक्ष देबीप्रसाद पंगेनी, संस्थाका सल्लाहकार,  एकिकरण पूर्वका संचालक तथा लेखा समितिका पदाधिकारी एवं सदस्य तथा वर्तमान संचालक, लेखा तथा उपसमितिका पदाधिकारी तथा सदस्यहरु सहित १७६ जनाको उपस्थित रहेको थियो।



Leave a comment