हाइलाइट

विश्वामित्र साकोसको वित्तीय साक्षरता कार्यक्रम

विश्वामित्र साकोसको वित्तीय साक्षरता कार्यक्रम :: Sahakari Akhabar

म्याग्दी । विश्वामित्र वचत तथा ऋण सहकारी संस्थाले शनिवार वित्तीय साक्षरता तथा सदस्य अन्तरक्रिया कार्यक्रम गरेको छ । राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले कार्यक्रमको सहजीकरण गरेका थिए । संस्थाका अध्यक्ष याम बहादुर बानियाले शेयर सदस्यहरुको चाहना र भावना अनुसार संस्था सञ्चालन भएकाले दिर्घकालिन लक्ष्यका साथ अगाडि बढेको बताए ।

विश्वामित्र सहकारीमा ७ सय ७५ जना शेयर सदस्य, ३ करोड ७० लाख शेयर रकम, १९ करोड वचत रकम, २२ करोड ऋण लगानी, १ करोड ५५ लाख कोष रहेको प्रवन्धक सरस्वती बानियाले जानकारी दिइन् ।कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष तथा बेनी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष कृष्ण बाँनियाले शुभकामना मन्तब्य राखेका थिए ।
 



Leave a comment