विराटनगर । सामाजिक बचत तथा ऋण सहकारी संस्था विराटनगर रानीले साकोसको ११ औं बार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सहकारीका अध्यक्ष मित्र गिरीका अनुसार जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डिल्ली पाखरेल, कोषाध्यक्ष अमृत गुरुङ, स्थानीय नेता तथा समाजसेवीहरुको सहभागितामा कार्यक्रम आयोजना गरिएको हो ।
रक्तदान कार्यक्रममा सहकारीका शेयर सदस्य तथा गैरसदस्यहरुले पनि रक्तदान गरेका थिए । सामाजिक क्षेत्रमा पनि काम गर्दै आएको सहकारीले दक्षिणि भेगमा रहेर वित्तिय कारोबार गरिरहेको छ ।
Leave a comment