विराटनगर । नेफ्स्कून फिल्ड कार्यालय दमक अन्र्तगत रहेको विर्तामोड सेवा केन्द्र कार्यालय झापाको आयोजनामा वैशाख १३ गते एक दिवसिय बजार प्रतिनिधीहरुको क्षमता विकास तालिम झापाको दुर्गापुरमा वुधवार सम्पन्न गरिएको छ ।
समापन कार्यक्रममा कोशी प्रदेश वचत संघका अध्यक्ष तथा नेफ्स्कून संचालक धनश्याम अधिकारीले विवेद रहित समाजको निमार्ण र सदस्यको जिवन स्तरमा सहकारीले महत्वपुर्ण टेवा पुर्याएको हुनाले वजार प्रतिनिधीहरुले चनाखो भएर सदस्य संग जोडिनु पर्ने धारणा राखे ।
उनले बजार प्रतिनिधि बजारको अनुसन्धान कर्ता रहेकोले आर्थिक शुसासन र गोपनीयता कायम राख्दै वास्तविक सदस्यको मर्म वुझ्ने गरि साकोस संचालनमा आफ्नो क्षमता विकास गरि प्रविधि मैत्री सेवा दिन चुक्न नहुने बताए ।
अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा झापाका २४ साकोसको प्रतिनिधित्व गर्दै ५ पुरुष सहित २९ जनाको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत रामकृष्ण भट्ठराईले गरेका थिए ।
Leave a comment