विराटनगर । विराटनगरको हाटखोलामा रहेको ईश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना सदस्य तथा गैर सदस्यहरुलाई वित्तिय शिक्षा एवं व्यवसायिक ज्ञान तालिम प्रदान गरेको छ । नेपाल सरकार, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय, ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि ) को प्राविधिक एवं वित्तिय सहयोग तथा इश्वर बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा तालिम सम्पन्न भएको हो ।
तालिमम ५ वटा समूहमा प्रदान गरिएको सहकारीका व्यवस्थापक बलबहादुर घिमिरेले जानकारी दिए । तालिममा संस्थाका सदस्य १५ जना र गैर सदस्य १० जना गरी प्रत्येक समूहमा २५ जनाका दरले सहभागि रहेको उनले बताए ।
तालिम चैत्र १५ देखि १७ सम्म कटहरी गा.पा. ३ नम्बर वडा समितिको सभा हलमा , चैत्र २१ देखि २३ सम्म आनन्द आधारभूत विद्यालयको हल कटहर –२ मा, चैत्र २४ देखि २६ सम्म आदर्शनगर टोल सुधार समितिको हल कटहरी–२ मा, ९ चैत्र २७ देखि २९ सम्म ईश्वर बचत तथा ऋण सहकारीको सभा हल बिराटनगर –८ मा भएको हो ।
त्यसैगरी वैशाख ३ देखि ५ सम्म आनन्द आधारभूत विद्यालयको सभा हल कटहरी –२ मा गरी हालसम्म ५ वटा तालिम सम्पन्न भएको छ घिमिरेले बताए । अगामी दिनमा अझै यस्ता तालिमहरुलाई प्राथमिकताका साथ अगाडि बढाउने पनि उनले बताए । सदस्यहरुमा वित्तिय जानकारी नभएसम्म संस्था अगाडि नबढ्ने उनको भनाई छ ।
तरलता ११.४१ प्रतिशत
ईश्वर बचत तथा ऋण सहकारी संस्था लि. विराटनगरले आफ्नो वित्तिय विवरण सार्वजनिक गरेको छ । सहकारीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार शेयर पुँजी १ करोड ६८ लाख ९ हजार ६ सय रुपैया रहेको छ भने जगेडा कोषमा ४१ लाख ९७ हजार २७७ रुपैया ८ पैसा रहेको छ ।
सहकारीको संस्थागत पुँजी ४५ लाख ४३ हजार ८९१ रुपैया ५८ पैसा रहेको छ भने अन्य कोषहरुमा ५३ लाख ७८ हजार ९३८ रुपैया ५८ पैसा रहेको छ । सार्वजनिक विवरण अनुसार बचत ६ करोड ६९ लाख ९२ हजार २०१ रुपैया ६९ पैसा रहेको छ भने ऋण लगानी ८ करोड २९ लाख ७२ हजार ४४७ रुपैया ०९ पैसा रहेको छ ।
१ करोड २५ लाख ४९ हजार १२९ रुपैया ८० पैसा तरलता रहेको छ । जुन ११.४१ प्रतिशत हो । सहकारीको कुल सम्पति १० करोड ९९ लाख ३७ हजार ५७ रुपैया २५ पैसा रहेको छ । सहकारीमा १४६३ जना शेयर सदस्य रहेका छन् । ऋणीको संख्या ३१० रहेको छ ।
Leave a comment