हाइलाइट

प्रोस्कुन लुम्बिनीद्धारा सञ्चालक र ब्यवस्थापन प्रमूखहरुलाई तालिम

प्रोस्कुन लुम्बिनीद्धारा सञ्चालक र ब्यवस्थापन प्रमूखहरुलाई तालिम :: Sahakari Akhabar

बुटवल । प्रदेश बचत तथा ऋण सहकारी संघ लि. लुम्बिनी प्रदेश (प्रोस्कुन लुम्बिनी ) को आयोजनामा “साकोसको दिगो संस्थागत विकास विकास सम्बन्धि ब्यवस्थापन प्रमुखहरुको कार्यशाला गोष्ठि” सम्पन्न भएकोछ । बैशाख ६ र ७ गते बुटवलमा आयोजित गोष्ठिमा लुम्बिनी प्रदेशका ३६ जना ब्यवस्थापन प्रमुख र सहायक प्रमुखहरुको सहभागिता थियो ।

सहकारी संस्थाहरुको दिगो विकास र सुरक्षाका लागि संस्थाका ब्यवस्थापन प्रमुखहरुको भूमिका र यसका बारेमा साझा बुझाईका बारेमा सहकारी विज्ञ डा. शिवजी सापकोटाले सहजीकरण गरेका थिए । कार्यक्रममा प्रोस्कुन लुम्बिनीका अध्यक्ष कृष्णप्रसाद नेपालले सहकारीका सञ्चालकहरु र ब्यवस्थापन समूहको काम र कर्तब्यको साझा बुझाईका लागि गोष्ठि आयोजना गरिएको बताए ।

तालिम संयोजक एवं शिक्षा तथा अनुसन्धान उपसमिति संयोजक भरतराज भूसालले निरन्तर तालिमका माध्यमबाट सञ्चालक र ब्यवस्थापनमा निखार ल्याउदै साकोसलाई दिगो र सुरक्षित बनाउन नतिजामुखि तालिम र प्रशिक्षण आयोजना गरिएको बताए ।

गोष्ठिमा सहकारी क्षेत्रको विश्लेषण, जोखिम र सुपरिवेक्षण, लिडरसिप, सहकारी क्षेत्र दशक रणनीतिहरु, सहकारीमा मानवपूँजी ब्यवस्थापन र सदस्य सुरक्षा सिद्धान्तका बारेमा ६ बुदे साझा धारणा र प्रतिवद्धता ब्यक्त गरेकाछन ।

यस गोष्ठिले नयाँ विषय, संभावना र चुनौतिका क्षेत्रमा ब्यवस्थापनलाई सजग गराउन तथा यस क्षेत्रका विभिन्न सहकारीका ब्यवस्थापन समूहमा आपसि सहयोग र साझा विकासको भावना समेत विकास गरेको सहभागिहरुले ब्यक्त गरेका छन ।

जनउत्थान साकोसका ब्यवस्थापक रणबहादुर थापाले गोष्ठिले सहकारी ब्यवस्थापनलाई ध्यान दिनु पर्ने नयाँ क्षेत्रको बारेमा ध्यानाकर्षण गरेको बताए । त्यसै गरि प्रोस्कुन लुम्बिनीको आयोजनामा बैशाख ३ र ४ गते साकोसका अध्यक्ष तथा सञ्चालकहरुको लागि २ दिने क्षमता विकास तालिमको आयोजना भएको थियो । अध्यक्ष तथा सञ्चालकहरुको तालिममा प्रदेश भित्रका ३४ जना अध्यक्ष तथा सञ्चालकहरुको सहभागिता रहेको तालिममा प्रशिक्षक डा. शिवजी सापकोटा रहेका थिए ।



Leave a comment