राजबिराज । जनज्योती कृषि सहकारी संस्थाले चैत्र मसान्तको वित्तिय विवरण सार्वजनिक गरेको छ । संस्थाले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार तरलता २२.३ प्रतिशत अर्थात १ करोड १५ लाख ५४ हजार ८८५ रुपैयाँ रहेको छ । त्यसैगरी संस्थाको सेयर पूँजी २ करोड ४९ लाख, ९४ हजार ९०० रुपैयाँ रहेको छ ।
संस्थाको जगेडा कोषमा ६८ लाख ३३ हजार ७७४ रुपैंया पुगेको छ भने संस्थाको बचत संकलन ५ करोड १८ लाख, ९४ हजार ४७६ रुपैयाँ र ऋण लगानी १४ करोड ९२ लाख ३१ हजार ४१४ रुपैयाँ रहेको छ । साथै संस्थाको कूल सम्पत्ती १९ करोड र संस्थागत पूँजी ७० लाख ६९ हजार ७७३ रुपैयाँ रहेको जनाइएको छ । सस्थामा २१६६ जना जम्मा सदस्य मध्ये ३६७ जनालाई ऋण लगानी गरेको विवरणमा उल्लेख छ ।

Leave a comment