चितवन । नारायणी बचत तथा ऋण सहकारी संस्थाले स्थापना दिवसको अवसरमा सदस्यलाई सम्मान गरेको छ । संस्थाको २६ औं स्थापना दिवसको अवसरमा चैत्र ३० गते संस्थाका ७० बर्ष पारगरेका जेष्ठ शेयर सदस्य १३ जना, त्यसैगरी ८० बर्ष पारगरेका अविभावक ५ जनालाई सम्मान गरेको हो ।
त्यसैगरी संस्थाले एसइई २०७८मा सर्वोकृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरी मध्ये संस्थागत विद्यालय वाट २ जना र सामुदायिक विद्यालय वाट २ जना गरि ४ जनालाई सम्मान गरेको हो ।
संस्थाका उपसमितिका दिनेश पंगेनी र लोकनाथ भुषाल तथा संस्थाका कर्मचारीहरु पनि सम्मानित भएका छन् । सभामा संस्थाले बार्षिकोत्सवका अवसरमा आयोजना गरेको खेलकुद कार्यक्रमका बिजेतालाई पुरस्कार बितरण गरिएको थियो ।
संस्थाका अध्यक्ष केशबबहादुर पौडेलको सभापतित्वमा सम्पन्न वार्सिकोत्सव कार्यक्रममा चितवन जिल्ला बचत तथा ऋण सहकारी संघकी अध्यक्ष विध्या कोईरालाको प्रमुख आतित्थ्यता रहेको थियो । कार्यक्रममा भरतपुर महानरपालिका वडा नम्वर ५ का कार्यवाहक अध्यक्ष विशालबाबु तिमल्सिनाको पनि सहभागीता रहेको थियो ।
Leave a comment