चितवन । नारायणी बचत तथा ऋण सहकारी संस्थाको २६ औं वार्षिकोत्सवको अवसरमा वित्तिय सचेतना तथा सहकारी शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार नारायण मन्दिर, भरतपुर ५ नारायणपुरमा सम्पन्न कार्यक्रममा चितवन जिल्ला वचत संघकी अध्यक्ष विध्या कोईरालाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमको राष्ट्रिय सहकारी बैंक नारायणगढ शाखाका प्रवन्धक सन्तोष ढकालले सहजीकरण गरेका थिए । संस्थाका अध्यक्ष केशवबहादुर पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा ११५ जना शेयर सदस्यको सहभागीता रहेको थियो ।
Leave a comment