हाइलाइट

सिम्रिक सहकारीको विशेष साधारणसभा सम्पन्न

सिम्रिक सहकारीको विशेष साधारणसभा सम्पन्न :: Sahakari Akhabar

ललितपुर । गोदावरी नगरपालिकामा रहेको सिम्रिक बहुउद्देश्यीय सहकारीको विशेष साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रमेश आचार्यको अध्यक्षतामा सम्पन्न भएको सभामा बागमती प्रदेश रजिष्ट्रार नारायणप्रसाद ज्ञवालीको प्रमुख आतिथ्यता रहेको थियो ।

सभामा अध्यक्ष आचार्यले लघु प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका सचिव सुशील आचार्यले सभा समक्ष पेश गरेको भवन खरिद सम्बन्धि प्रस्तावलाई सभाले पास गरेको थियो । कार्यक्रममा  बागमती प्रदेश सहकारी संघका व्यवस्थापक रुपक घिमिरे र बहुउध्देशीय सहकारी संघ ललितपुरका सञ्चालक कृष्ण गोविन्द महर्जनलाई सम्मान गरिएको थियो ।

सभामा नेपाल पर्यटन केन्द्रीय सहकारी संघका सञ्चालक तथा बहुउद्देश्यीय सहकारी संघ लि। ललितपुरका अध्यक्ष शरदकुमार महर्जन, बागमती प्रदेश सहकारी संघका वरिष्ठ उपाध्यक्ष जगतलाल महर्जन, गोदावरी नगरपालिका सहकारी शाखा प्रमुख ऋषिराम अधिकारीलगायतले शुभकामना मन्तब्य राखेका थिए । 
 



Leave a comment