हाइलाइट

नवजागरण साकोसको सदस्य शिक्षा खाँडादेबी गाउँपालिकामा

नवजागरण साकोसको सदस्य शिक्षा खाँडादेबी गाउँपालिकामा :: Sahakari Akhabar

मन्थली । नवजागरण बचत तथा ऋण सहकारी संस्थाले सदस्य शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । चैत्र १७ गते खाँडादेबी गाउँपालिकाको ४ नं वडाको सान्नेमा नयाँ सदस्य तथा शेयर सदस्यहरु संग सदस्य शिक्षा कार्यक्रम गरेको हो ।

संस्थका गतिविधिका बारेमा जानकारी दिनुकासाथै सदस्यलाई नयाँ बर्ष २०८० सालको क्यालेण्डर बितरण समेत गरेको थियो । संस्थाका सदस्य शिक्षा उपसमितिका सदस्य बोधबहादुर रोका र व्यवस्थापक रमेशकुमार उदासले सदस्यलाई सहकारी शिक्षा कार्यक्रममा सहजीकरण गरेका थिए । संस्थाले सदस्यहरुमाझ सहकारी शिक्षा अभियानलाई ब्यापक बनाउदै क्यूआर कोर्ड सेवा पनि दिएको छ ।



Leave a comment