बेनी । लोकदिप बचत तथा ऋण सहकारी संस्थाको १० औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । संस्थाले वार्षिकोत्सव कार्यक्रमको अवसरमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको थियो ।
सहकारीले स्थापना दिवसको अवसरमा आयोजना गरेको निवन्ध लेखन प्रतियोगितामा प्रथम हुने प्रकाश माध्यमिक विद्यालयकी छात्रा गृष्मा जिसी, द्वितिय हुने लिटल गार्डेन एकेडेमीकी विदीसा सुवेदी, तृतीय हुने न्यू होराइजन बोर्डीङ पर्वतकी स्मृती जिसी रहेका थिए ।
त्यसैगरी निवन्ध लेखनमा सान्त्वना स्थान धौलागिरी मावि सिंगाकी सिता गुरुङ र बेनी सामुदायिक विद्यालयकी सजिना शर्माले गरेकी थिइन्। प्रथम, द्वितिय, तृतीय र सान्त्वना स्थान हासिल गर्नेलाई नगद सहित प्रमाणपत्र प्रदान गर्नुका साथै सहकारीले सञ्चालन गरेको खुत्रुके बचतका लागि खुत्रुके प्रदान गरीएको थियो ।
संस्थाले स्थापना दिवसका अवसरमा बालगृह म्याग्दीमा खाद्यान्न सहयोग गरेको छ । संस्थाका अध्यक्ष हरिकृष्ण गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रममा सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहजीकरण गरेका थिए ।
जिसीले पैसा आम्दानी गरेको वा खर्च गरेको मात्रै तथ्याङ्क राख्न सकियो भने पनि बचत बढाउन सकिने भएकोले पैसाका सबै शिर्षकमा भएका खर्च चुस्त राख्ने प्रयास गर्दा राम्रो हुने बताए ।
Leave a comment