हाइलाइट

बिश्वामित्र साकोसका नयाँ सदस्यलाई वित्तीय साक्षरता तालिम

बिश्वामित्र साकोसका नयाँ सदस्यलाई वित्तीय साक्षरता तालिम :: Sahakari Akhabar

म्याग्दी । बेनी बजारमा रहेको बिश्वामित्र बचत तथा ऋण सहकारी संस्थाले नयाँ सदस्यलाई वित्तीय साक्षरता तालिम दिएको छ । संस्थाका अध्यक्ष यामबहादुर बानियाँको अध्यक्षतामा सम्पन्न तालिमको राष्ट्रिय सहकारी बैंकका सञ्चालक एवम् गण्डकी प्रदेश संयोजक रामबहादुर जिसीले सहजीकरण गरेका थिए ।

उनले पैसा कमाउने, खर्च गर्ने र बचाउने सीपका लागि वित्तीय साक्षरता अभियान आवश्यक रहेको बताएका छन् । पैसा कमाउने मात्रै नभएर त्यसको प्रयोग र सदुपयोग कसरी गर्ने भन्ने थाहा पाउनु नै बित्तीय साक्षरता हो, उनको भनाइ थियो । उनले सहकारीले कार्यक्षेत्र भन्दा बाहिर लगानी गर्दा जोखिम बढ्न सक्ने भएकाले त्यसमा सबै सचेत रहनुपर्ने बताए ।

विश्वामित्र सहकारीले निम्न आयस्तर भएका नागरिकहरुलाई राहत, शैक्षिक स्तर बढाउनका लागि छात्रबृत्ती, संस्थाका शेयर सदस्य तथा उनका परिवार शोकमा पर्दा राहत वितरण गर्दै आएको जानकारी दिइएको छ ।

त्यस्तै संस्थाले कक्षा १० उत्तीर्ण गर्दा ए प्लस नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कृत गर्नुका साथै शेयर सदस्यहरुलाई नियमित रुममा तालिम आयोजना गर्दै आएको संस्थाका उपाध्यक्ष भोजबहादुर रिजालले बताए ।



Leave a comment