हाइलाइट

दीर्घकालिन वचतलाई ब्राण्डिङ गर्दै आदर्श सञ्चार सहकारी

दीर्घकालिन वचतलाई ब्राण्डिङ गर्दै आदर्श सञ्चार सहकारी :: Sahakari Akhabar

बागलुङ । आदर्श सञ्चार सहकारी संस्थाले सहकारीमा दीर्घकालिन वचतको ब्राण्डिङ गर्दै आएको छ । ग्लोवल मनि विक २०२३ अन्तरगत शनिवार संस्थाले आयोजना गरेको युवा लक्षित वित्तीय साक्षरता कार्यक्रममा संस्थाले एक दशकदेखि दीर्घकालिन वचत अभियान सञ्चालन गरेको र पछिल्लो समय यसको ब्राण्डिङमा लागेको जानकारी दिइएको हो ।

संस्थाले पछिल्लो समय दीर्घकालिन वचतलाई सदस्यको स्थिर सम्पत्तीका रुपमा विकास गर्ने अभियान बनाएर अगाडि बढीरहेको संस्थाकी अध्यक्ष हुमा कुमारी जि.सीले बताइन । युवा लक्षित वित्तीय साक्षरता कार्यक्रममा सहजीकरण गर्दै राष्ट्रिय सहकारी  बैंकका सञ्चालक तथा आदर्श सञ्चार सहकारी संस्थाका सम्पादक राम बहादुर जिसीले आम्दानी बढाउन, खर्च घटाउन र नियमित वचतका लागि वित्तीय साक्षरता कार्यक्रम आवश्यक रहेको बताए ।

वित्तीय साक्षरता समुदाय र वित्तीय संस्था दुवैका लागि फाइदाजनक रहेकाले सबैले वित्तीय ज्ञान लिन आवश्यक रहेकोले पैसाको उचित व्यवस्थापनका लागि वित्तिय साक्षरता अनिवार्य रहेको जिसीले बताए । संस्थामा तीन हजार ४०० जना शेयर सदस्य, ६ करोड शेयर पूँजि, ३१ करोड वचत, ३८ करोड कर्जा लगानी र ४५ करोड कुल पूँजि रहेको संस्थाका प्रवन्धक दिपकराज सापकोटाले जानकारी दिए ।



Leave a comment