बागलुङ । काठेखोला सामाजिक उद्यमी महिला सहकारी संस्थाले सदस्यकोलागि वित्तीय साक्षरता कार्यक्रम गरेको छ । सहकारी विभागले सबै सहकारी संघ संस्थाहरुलई युवा लक्षित वित्तीय साक्षरता अभियान सञ्चालन गर्न गरेको आव्हान अनुसार आदर्श सञ्चार सहकारीको प्राविधिक सहयोगमा उक्त कार्यक्र गरिएको संस्थाका सचिव सरिता पन्तले जानकारी दिइन् ।
जिल्ला सहकारी संघ बागलुङकी अध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु) ले सहकारीका सदस्यको आम्दानी बढाउन, खर्च घटाउन र नियमित वचतका लागि वित्तीय साक्षरता अभियानलाई प्रभावकारी रुपमा अगाडि बढाउनु पर्ने बताइन् । उनले युवा वर्गका लागि वित्तीय साक्षरता अभियान सञ्चालन गर्नका लागि सबै सहकारीहरुलाई आव्हान समेत गरिन ।
कार्यक्रममा आदर्श सञ्चार सहकारी संस्थाका सञ्चालक एवम् शिक्षा, तालिम तथा सम्मान उपसमितिका संयोजक अम्बिका जिसीले सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्नका लागि सबै सहकारीहरुले सदस्यहरुका बीचमा वित्तीय साक्षरता अभियान सञ्चालन गर्नु पर्नेमा जोड दिइन् । कार्यक्रम सहकारी संस्थाका उपाध्यक्ष सिता शर्माको अध्यक्षता, सचिव सरिता पन्तको सञ्चालन र कोषाध्यक्ष सावित्रा खड्का केसीको स्वागतमा सम्पन्न भएको थियो ।
Leave a comment