रुपन्देही । जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले एक दिने महिला सशक्तीकरण तथा उद्यमी महिला सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
अन्तराष्ट्रिय श्रमिक महिला दिवशको अवसरमा उद्यमी महिला सम्मान तथा १ दिने महिला सशक्तिकरण क्षमता अभिवृद्धि तालिम सञ्चालन गरेको संस्थाकी अध्यक्ष ज्ञानु पौड्यालले जानकारी दिइन् ।
कार्यक्रममा अधित्तम मोबाइल बैंकिङ एप प्रयोग कर्ता ६ जना महिला सम्मानीत भएका छन् । सम्मानीत हुनेहरुमा गंगा खड्का थापा, धना कुमारी खत्री, दिलमाया पुन, जुना कुमारी जैसी, अनु लम्साल र देवकला भण्डारी छन् ।
त्यसैगरी ४ जना सफल उद्यमीहरु दुर्गा कुमारी भण्डारी, पाल कुमारी राना, गिता चौधरी र शान्ति कुमारी थारुलाई सम्मान गरेको छ ।
कार्यक्रममा ओमसतिया १ खुन्साको स्वर्गीय राम बहादुर गुप्ताको हकवाला लाई दुर्घटना विमा अन्तर्गत ५ लाख रुपैया र ऋण विमा अन्तर्गत १० लाख रुपैया तथा तिलोत्तमा १३ मडाहाको स्वर्गीय शिवकुमार थारुको हकवालालाई दुर्घटना विमा अन्तर्गत ५ लाख रुपैया प्रदान गरिएको थियो ।
Leave a comment