विराटनगर । विराटनगर महानगरपालिका वडा नं. १५ रानीमा रहेको लाभान्वित बचत तथा ऋण सहकारी संस्थाले सरसफाई अभियान सम्पन्न गरेको छ । ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर सहकारीले शनिवार सरसफाई तथा जनचेतना कार्यक्रम सम्पन्न गरेको हो।
सरसफाई कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डिल्ली पोखरेलले सहकारीले पनि सामाजिक उत्तरदायित्वको क्षेत्रमा काम गर्दै गएको बताए ।
सहकारी समुदायमा आधारित भएर चल्ने भएकाले पनि समाजको आर्थिक, सामाजिक लगायत विभिन्न क्षेत्रमा सहकारीहरुले काम गर्दै आएको उनको भनाई छ । समुदायमा आधारित भएर सञ्चालन भएका सहकारीमा कुनै किसिमको समस्या पनि नभएको र सदस्यको मन जित्न पनि सफल भएको उनले बताए ।
लाभान्वित सहकारीका अध्यक्ष प्रमोद कुमार साहले सहकारीले विगत देखि नै सामाजिक कार्यक्रमहरु गर्दै आएको बताए । महानगरको पिछडिएको क्षेत्रको रुपमा चिनिने दक्षिणि क्षेत्रमा सहकारीले वातावरण क्षेत्रमा पनि काम गरिरहेको उनले बताए । सदस्यलाई आर्थिक रुपमा सवल बनाउने देखि विभिन्न समयमा आईपर्ने बिपत्को समयमा पनि सहकारीले काम गरिरहेको उनले बताए ।
सरसफाई कार्यक्रममा वडा नं. १६ का वडा अध्यक्ष उद्धव भुजेल लगायत जिल्लाका सहकारीकर्मी तथा लाभान्वित सहकारीका सञ्चालक समिति, कर्मचारी, सदस्यहरु, विराटनगर महानगरपालिकाका प्रतिििनधि र स्थानीयहरुकोसहभागिता रहेको थियो ।
सहकारीले आफ्नो कार्यालयदेखि तालिमकेन्द्र चोक, आँखा अस्पतालको क्षेत्रबाट घुमेर कार्यालय आएर सकिएको थियो । सरसफाई कार्यक्रममा लाभान्वित सहकारीको आयोजना तथा विराटनगर महानगरपालिका र सगरमाथा मल्टी सर्भिस प्रा.लि. विराटनगर १४ को सह आयोजनामा भएको हो ।
Leave a comment